News Portal

  • कर्जा लिइसकेपछि तिर्दिन भन्न मिल्दैन: गभर्नर अधिकारी

    आर्थीकसंसार संवाददाता२ पुस, २०७९
    ४५१ पटक
    २ पुस, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिइसकेपछि तिर्दिन भन्न नमिल्ने बताएका छन् । आर्थिक पत्रकारहरुका लागि समसामयिक, आर्थिक तथा बैंकिङ विषयको अभिमुखिकरण कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ऋणीले कर्जा लिइसकेपछि तिर्दैन भन्न नमिल्ने बताएका हुन् ।
    ‘लघुवित्तबाट कर्जा लिएका ऋणीहरुले कर्जा तिर्दैनन्, यस्तो पनि हुन्छ, पैसा लैजाने तिर्दैन भन्न पाइन्छ ?, आन्दोलन गरेपनि कर्जा तिरेको भोलिपल्टबाट गरे भैगो नी ! लघुवित्त वा बैंकबाट कर्जा लिएपनि त्यो सर्वसाधारणको पैसा हो, यो भन्दा अराजकता केही हुन्छ सिस्टममा ?, कर्जा रकम मिनाह गरिदिनु पर्याे भन्छन्,’ उनले भने ।
    बैंक तथा वित्तीय संस्थाले निक्षेपलाई सहि परिचालन गर्नुपर्ने उनको भनाइ छ । यदि बैंक तथा वित्तीय संस्थाले सहि तरिकाले चलाउन सकेन भने कारबाहीको भागी हुनुपर्ने बताए ।
    साथै उनले बैंकिङ प्रणाली सुधार गर्नको लागि नेपाल राष्ट्र बैंकले काम गरिरहेको बताए । वर्तमान अवस्थामा बैंकिङ क्षेत्रमा देखिएको अप्ठ्यारोलाई सुधार गर्न सबै पक्षले मिलेर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्