News Portal

  • सानिमा बैंकको ८३औं शाखा रौतहटको चन्द्रपुरमा

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७७, बिहीबार
    ११३२ पटक
    १५ असोज, २०७७, बिहीबार

    काठमाडौं । सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुरमा आफ्नो ८३औं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका–४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे ।
    कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा सञ्चालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे ।
    सो शाखा सञ्चालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।
    हालसम्म बैंकको सातै प्रदेशमा ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्