News Portal

  • मनकामना केबुलकारको टिकट अब मोबाइलबाटै पाइने

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७७
    ८५५ पटक
    १५ असोज, २०७७

    काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाबीच टिकट खरिद बिक्री सम्झौता भएको छ ।
    सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिलाजस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्यसमेत भएको छ । भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिँदै टिकट खरिद गर्दा नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले यस्तो व्यवस्था थप गर्न लागेको हो ।
    यस सेवा भक्तजनहरुले टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्युटरमा ई–टिकट प्राप्त हुन्छ सोही ई–टिकट देखाई यात्रा गर्न सकिनेछ ।
    मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ । केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । सरकारले धार्मिक मठमन्दिर खुल्ला गर्ने निर्णय गर्न साथ उच्च स्वास्थ्य सुरक्षाका साथ केबुलकार सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको कुरा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्