News Portal

  • नेपालको बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा छ : गभर्नर अधिकारी

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७९
    ४४५ पटक
    २६ मंसिर, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र चुनौतीपुर्ण अवस्थामा रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको नेपाल बैंकर्स संघको वार्षिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
    ‘हामी चुनौतीपूर्ण अवस्थामा छौं, आगामी दिनमा पनि धेरै चुनौति छन्,’ उनले भने । उनले यो बेला बैंकिङ क्षेत्रमा धेरै समस्या भएको बताउँदै गलत गर्नेले मनन गर्नुपर्ने बताए । कोरोनाले पनि एक किसिमको संकट ल्याएको उनले बताए । यस्तै, गभर्नर अधिकारीले बैंकमा तरलता सहज भइरहेको र बैंकको स्प्रेडदर पनि घटेको बताए ।

     

    प्रतिकृया दिनुहोस्