News Portal

  • सनिगाड हाइड्रो लिमिटेडकोे साधारण शेयर निष्काशन सम्झौता

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७९
    ३२५ पटक
    २५ मंसिर, २०७९

    काठमाडौं । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको श्री सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु.१००/— अकिंत दरको साधारण शेयर ६७,५०,००० कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
    साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठका बीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाट, लिलितपुरमा पिक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।
    जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्