News Portal

  • कामना सेवा बैंक र अजिरा विल्डर्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७७
    ११५९ पटक
    १४ असोज, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्र्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भई आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १ सय २४ वटै शाखाबाट घर कर्जा प्रदान गर्नेछ । यस समझदारी पत्रमा कामना बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिराका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।
    बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेका छन् ।

    प्रतिकृया दिनुहोस्