काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा पुस १४ गते आर्मी क्लब भद्रकाली काठमाडौंमा बोलाएको हो ।
बैंकको सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ आषाढ मसान्तको वासलात र नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्सको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को लागी लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य प्रस्ताव पारित गर्नेछ ।
बैंकको सभाले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँको ४.७५ प्रतिशत अर्थात् ४५ करोड ३८ लाख १० हजार ६८६ रुपैयाँ बराबरको बोनस सेयर र ०.२५ प्रतिशत अर्थात् २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले बोनस सेयर जारी पश्चात् बैंकको पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम बैंकको प्रवन्धपत्र र नियमावली संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ ।
प्रभु बैंक र सेञ्चुरी बैंकको सम्पत्ति, दायित्व तथा कारोवारको मुल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गर्ने भएको हो । अर्थात् सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले प्रभु बैंकको १०० कित्ता सेयर प्राप्त गर्नेछन् ।
यस्तै, एक्विजिसन गर्न सम्पत्ति तथा दायित्वको मुल्यांकनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक सम्पत्ति दायित्व तथा कारोवारको मुल्यांकन प्रतिवेदन, समझदारी पत्र र अन्तिम सम्झौता पत्रलाई अनुमोदन गर्नेछ । बैंकको आठौं वार्षिक साधारण सभाद्वारा निर्वाचित बैंकको सञ्चालक समितिको कार्यकाल बैशाख १ गतेसम्म कायम रहनेछ ।
मर्जर र लाभांश प्रस्ताव पारित गर्न सेञ्चुरी बैंकले डाक्यो साधारण सभा, १:१ स्वाप रेसियो
आर्थीकसंसार संवाददाता२२ मंसिर, २०७९
२२ मंसिर, २०७९