News Portal

  • मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो कृषि पेशालाई सम्मानित बनाउने अभियान

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७९
    २७१ पटक
    २१ मंसिर, २०७९

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषी पेशालाई सम्मानित पेशा बनाउने अभियान सुरु गरेको छ ।
    बहुउद्देश्यीय कृषि सहकारी मार्फत किसानलाई सहभागी गराई उद्यमशीलता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सुरु गरेको बैंकले जनाएको छ । अभियान अन्तर्गत पहिलो चरणमा स्याङ्जा, कास्की, तनहुँलाई केन्द्रबिन्दु बनाएर कार्य थालनी गरेको बैंकले जनाएको छ ।
    बैंककाअनुसार स्याङ्जाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुद्देश्यीय कृषि सहकारी संस्था, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था र तनहुँको भानु नगरपालिकामा मिर्लुङ्गकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत भेलाको आयोजना गरी तदर्थ समिति गठन गरी स्थानीय स्तरमा सहकारी दर्ता प्रकृया अघि बढाइएको छ ।

    मुक्तिनाथ विकास बैंक लिमिटेड तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा आयोजित भेलामा सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कृषक,उद्यमी लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको बैंकले जनाएको छ ।
    कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरीय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन गरिएको थियो । प्रशिक्षणको सहजीकरण मुक्तिनाथ विकास बैकका सन्तोष रोका र मुक्तिनाथ कृषि कम्पनीका भूमिराज भण्डारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्