News Portal

  • कामना सेवा विकास बैंकद्वारा तिलोत्तमामा २६ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता१८ मंसिर, २०७९
    ३६३ पटक
    १८ मंसिर, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा नपा. वडा नं. ०३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
    बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र वडा नं। ०३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
    तिलोत्तमा न .पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त भएकाे छ । शाखारहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्