News Portal

  • फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो २० प्रतिशत लाभांश

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७९
    ३४० पटक
    १६ मंसिर, २०७९

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले  आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत लाभांश घोषणा गरेको छ । मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पछि वार्षिक साधारणसभामा पेश गर्ने गरी १९ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांस सहित १ प्रतिशत लाभांस दिने घोषणा गरेको हो ।
    संस्थाको हालको चुक्ता पूँजी ९६  करोड ४४  लाख  ९२ हजार ४ सय रुपैयाँ रहेको छ । प्रस्तावित १९ प्रतिशत  बोनस शेयर वितरण पछि चुक्ता पूँजी १ अर्ब १४ करोड नाघ्ने छ ।

    प्रतिकृया दिनुहोस्