News Portal

  • एनअईबिएल एस क्यापिटलमा डिम्याट र मेरो शेयर खाता निःशुल्क खोल्न सकिने

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७९
    ५४३ पटक
    १६ मंसिर, २०७९

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनअईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा
    मेरो शेयरको खाता निशुल्क खोल्न मिल्ने योजना ल्याएको छ । कुनैपनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट बञ्चित हुन नपरोस् भन्ने,उद्देश्यका साथ यस विशेष योजना ल्याएको हो ।
    यस वर्ष पर्न आएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सबै फरक क्षमता भएका व्यक्तिहरुले, एनआइबिएल एस क्यापिटलबाट निशुल्क डिम्याट तथा मेरोसेयरको खाता खोल्न सक्ने कुरा क्यपिटलले जनाएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झट रहित सरल एवं सहज बनाउने उद्देश्य सहित हितग्राही खाता खोल्न तथा मेरो शेयर दर्ता, विद्मुतिय प्रणाली मार्फत सहज रुपमा गरिरहेको जनाएको छ ।
    उक्त योजनायहि मंसिर १६ गतेदेखि मंसिर १८ गते (३दिन) सम्मको लागि लागु हुने यस क्यापिटलले जनाएको छ । उक्त योजना अवधिभर एनआईबिएल एस क्यापिटल लिमिटेडमा डिम्याट तथा मेरो शेयरको खाता खोल्नुहुने फरक क्षमता भएका ग्राहकवर्गमध्ये बाट गोलाप्रथाद्वारा छनोट गरी ५ जना भाग्यशाली बिजेतालाई एनआईबिएल सहभागिता फण्डको १०० इकाई उपहार प्रदान गर्ने पनि क्यापिटलले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्