News Portal

  • देशभर सक्रिय संक्रमितको संख्या १५१३ थपिए

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७७
    ७०७ पटक
    १३ असोज, २०७७

    काठमाडौं । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका छन् । यस्तै आज काठमाडौ उपत्यकामा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६ सय ८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७ सय ७ जना रहेकाछन् ।
    यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३ सय ७१ पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए । यसैबीच बितेको २४ घण्टामा देशभर कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्