News Portal

  • स्याकार कम्पनीले ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डो’ योजना ग्राहकवर्गहरु माझ ल्यायो

    अब एक रुपैयाँमा होण्डाको स्कुटर पाइने

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७७
    ७२७ पटक
    १३ असोज, २०७७

    काठमाडौं । अब एक रुपैयाँमा होण्डाको स्कुटर पाइने भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डो’ नामक योजना ग्राहकवर्गहरु माझ ल्याएको छ । कोभिड–१९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले समस्त नेपालीहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको जनाएको छ ।
    असोज ११ गते मंगलबारका दिनदेखि लागू हुने यस योजना अविधि भर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १५ को ब्याजदरमा खरिद गर्न सक्नेछन् । स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामै ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरुसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्रयाच कुपनमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
    यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन् । । थप जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बरहरु १६६००१४६६३२ (नमस्ते) ९८०१५७११११ (एनसेल)मा सम्पर्क गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्