News Portal

  • डडेलधुरामा नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७९
    ३५९ पटक
    १० मंसिर, २०७९

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
    प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयमा आबद्ध भै बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझबढी व्यवसायिक बनाउँदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरु सुदुरपश्चिम प्रदेशबाट सम्पन्न गर्दै आइरहेको जनाएको छ । सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा, ८ गते धनगढीमा र मंसिर ९ गते डडेलधुरामा सम्पन्न सो कार्यक्रम आयोजना गरिएको कम्पनी कार्यकारी अधिकृत खत्रीले बताए।
    कम्पनीका मार्केटिङ बिभागका प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी डडेलधुरा शाखाबाट चेयर पर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए । कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्णदत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्