News Portal

  • महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना पुष्टि

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७७
    १२७६ पटक
    १२ असोज, २०७७

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । ढकालले फेसबुक पोष्टमार्फत आपूmलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् ।
    ढकालले आइतबार परीक्षण गराउँदा आफुलाई कोरोना देखिएको उनले पोष्टमा बताएका छन् । हाल आफूलाई स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको र होम आइसोलेसनमा बसिरहेको उनले जानकारी दिएका छन् । यसका साथै उनले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन अनुरोध पनि गरेका छन् ।

    प्रतिकृया दिनुहोस्