News Portal

  • सिभिल बैंकको शेयर कारोबार फुकुवा

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०७९
    २५२ पटक
    ६ मंसिर, २०७९

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरेको छ । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने तथा गाभिने सम्झौता गरेसँगै कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का गरिदिएको थियो । धितोपत्र बोर्डले मर्जरमा जाने कम्पनीहरु तथा जान लागेका कम्पनीहरुको शेयर कारोबार बढीमा १५ दिन भन्दा रोक्का गर्न नपाइने निर्देशन बमोजिम बैंकको कारोबार खुला गरेको हो ।
    नेप्सेले सिभिल बैंकको आधारभूत शेयरधनी बाहेकेको शेयरधनीको शेयर कारोबार आज मंसिर ६ गतेदेखि फुकुवा गर्ने निर्णय गरेको हो । अब बैंकका आधारभूत शेयर बाहेक सर्वसाधारण शेयर भोलिदेखि नेप्सेमा कारोबार हुनेछ ।

    प्रतिकृया दिनुहोस्