आर्थीकसंसार संवाददाता९ मंसिर, २०८१
९ मंसिर, २०८१काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।
बैंकका अनुसार संस्थापक समूहका १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी कबोल गरी आवेदन दिनुपर्ने छ । बैंकको सेयर खरिद गर्नका लागि मंसिर २३ गतेसम्म आवेदन दिनुपर्नेछ ।
बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।