News Portal

  • ग्लोबल बैंकद्वारा ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालन

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७७, सोमबार
    १३३० पटक
    १२ असोज, २०७७, सोमबार

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले यो योजना महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको हो । ‘मेरी उनीलाई’ मुद्दती योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पु¥याउने बैंकले जनाएको छ । उक्त खाता एक लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइने बैंकले बताएको छ । मुद्दती योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ ।
    बैंकले यो खातासँगै निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाख भन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । यस योजना अन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउनेछन् भने निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ ।
    यो मुद्दती खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुसी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्