News Portal

  • मुक्तिनाथ रेमिटको सेवा अष्ट्रेलियाबाट

    आर्थीकसंसार संवाददाता११ असोज, २०७७
    ८३६ पटक
    ११ असोज, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै स्वामित्वमा रहेको रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।
    अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा लगइन गरी गरी वा मोबाईल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्नेछन् । साथै, मुक्तिनाथ रेमिटमार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४ हजार भन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा पनि हेर्न सकिनेछ । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्