News Portal

  • सानिमा बैंकमा अनलाईनबाटै क्रेडिट कार्ड आवेदन दिन सक्ने

    आर्थीकसंसार संवाददाता११ असोज, २०७७
    १२३५ पटक
    ११ असोज, २०७७

    काठमाडौं । सानिमा बैंकले सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट ९धधध।कबलष्mबदबलप।अयm० मा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।
    फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराइने बैंकले जनाएको छ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने बैंकले बताएको छ ।
    यो सुविधा यही असोज ६ गतेदेखि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ । सानिमा बैंकले डिजिटल बैंकिङ्ग प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्