News Portal

  • नेपाल लाइफद्धारा ४० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७९
    २९५ पटक
    २५ कार्तिक, २०७९

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनकिो कावासोती शाखा कार्यालयद्वारा मृत्युदाबी बापत ४० लाख रुपैयाँ भुक्तानी गरेको छ । सबिता महतो र मृतक खड्ग बहादुर महतोले नेपाल लाइफको कावासोती शाखामा २० लाखको जीवन सारथि बीमा योजना खरिद गरेका थिए ।
    बीमा जारी भएको २ बर्ष पछिको दुर्घटनाको कारण जनप्रतिनिधि खडग बहादुर महतोको असोज १३ गते ट्रीपर दुर्घटनाको कारण उपचारको क्रममा असोज १५ गते चितवन मेडिकल कलेजमा निधन भएको थियो ।
    सो घटनाको प्रकृति अनुसार कम्पनीले बीमाङकको २० लाख र एडिबी २० लाख गरी जम्मा ४० लाख निजको श्रीमतीलाई भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
    सो परिवारले बीमालेख जारी गर्ने वरिष्ठ एजेन्सी मेनेजर कृष्ण बहादुर रिमालले दाबी प्रक्रियामा उल्लेखनीय सहयोग गरेकोमा धन्यवाद दिए ।

    प्रतिकृया दिनुहोस्