काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २० देखि २७ औं वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । उक्त सभाले एक बराबर १ः१.७५को अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ ।
संस्थाको चुक्ता पुँजी चौरासी करोड दुई लाख पैसाठ्ठी हजार पाँच सय चौरानब्बे मात्र पुर्याउन १ः१.७५ (एक बराबर एक दशमलब सात पाँच)को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभाबाट पारित भएको हो । संस्थाको २०७४ फागुन २९ गते सम्पन्न भएको विशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पुँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रक्रिया थालिएको जनाएको छ । उक्त प्रस्ताव धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ, अन्तर्गत आधारभूत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको जनाएको छ ।
सो साधारणसभाले संंस्थाको अधिकृत पुँजी १ अर्ब र जारी तथा चुक्ता पुँजी ८४ करोड २ लाख बनाउने निर्णयसमेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पुँजी ८० करोड पु¥याउन दिएको निर्देशनबमोजिम सो निर्णय गरेको हो । साथै साधारणसभाले यसका लागि आजैका मितिदेखि सो प्रक्रियालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ । २०४९ सालमा स्थापना भएको निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकालदेखि हालसम्म आफ्नै इतिहास बोकेको संस्था हो ।
नेपाल फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न
आर्थिकसंसार संवाददाता१० असोज शनिबार, २०७७
१० असोज शनिबार, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह