News Portal

  • सितापाइलामा खुल्यो सानिमा बैंकको नयाँ शाखा

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७९
    ३७२ पटक
    २५ कार्तिक, २०७९

    काठमाडौं ।  सानिमा बैंकले काठमाडौंको सितापाइलामा पनि सेवा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले कार्तिक २५ गते  संयुक्त रुपमा गरेका हुन् ।
    सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्धारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्धभावका लागि कृतज्ञता व्यक्त गरे ।
    सानिमा बैंकका देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा एटीएम संचालनमा रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्