News Portal

  • कुमारी बैंकका ग्राहकलाई द हिमालयन गृल बाइ बाजेको सेवामा छुट

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७९
    २७० पटक
    २५ कार्तिक, २०७९

    काठमाडौं । कुमारी बैंक लिमिटेड र टोखास्थित ‘द हिमालयन गृल बाइ बाजेको’ बिच सम्झौता भएको छ । बैंक र रेष्टुरेन्टबीच बैंकका ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड वा क्युआरमार्फत भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
    द हिमालयन गृल बाइ बाजेको को तर्फबाट संचालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंकको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेका छन ।
    यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड वाहकहरु वा क्युआर प्रयोगकर्ताहरुले द हिमालयन ग्रिल बाइ बाजेको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्