News Portal

  • कुमारी बैंक र दराजबीच ११:११ अभियानको लागि सम्झौता

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०७९
    २५९ पटक
    २४ कार्तिक, २०७९

    काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ ।
    उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिस ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
    यस सम्झौता अनुसार दराजको ११:११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
    कुमारी बैंकमा खाता रहेका ग्राहकहरुले अभियानको अवधिमा मात्र हुनेछ उल्लेखित छुट पाउनेछन् । कुमारी बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्