News Portal

  • राष्ट्र बैंकले २ खर्ब ५६ अर्बको आन्तरिक ऋण उठाउँदै

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०७९
    २६० पटक
    २४ कार्तिक, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा साढ २ खर्ब रुपैयाँ बराबरको ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै थप २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने जनाएको हो ।
    राष्ट्र बैंकले दोश्रो त्रैमासमा ३० अर्ब, तेश्रो त्रैमासमा ८८ अर्ब र चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब गरी कूल २ खर्ब ५६ अर्ब रूपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको हो ।
    राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको माध्यमबाट उक्त रकम बराबरको आन्तरिक ऋण निष्कासन गर्नेछ । कुल रकममध्ये ७५ अर्बको ट्रेजरी बिल, ६० अर्बको विकास ऋणपत्र र ३ अर्बको बचतपत्र निष्कासन गरिने राष्ट्र बैंकले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।
    राष्ट्र बैंकले तेस्रो र चौथो त्रैमासमा बाँकी ऋण उठाउने छ । तेस्रो त्रैमासमा ६० अर्बको ट्रेजरी बिल, २५ अर्बको विकास ऋणपत्र र ३ अर्बको बचतपत्र गरि कुल ८८ अर्बको अन्तरिक ऋण उठाईने छ । त्यस्तै चौथो त्रैमासमा राष्ट्र बैंकले १ खर्ब ३८ अर्ब आन्तरिक ऋण उठाउने जनाएको छ । चौथो त्रैमासमा ७५ अर्बको ट्रेजरी बिल, ६० अर्बको विकास ऋणपत्र र ३ अर्बको बचतपत्र गरि कूल १ खर्ब ३८ अर्बको अन्तरिक ऋण उठाईने छ ।

     

    प्रतिकृया दिनुहोस्