News Portal

  • नेपाल लाइफको बीमालेख नवीकरण गराउने म्याद थपियो, ३५ प्रतिशत छुट पाइने

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७९
    १०८ पटक
    २३ कार्तिक, २०७९

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गराउने म्याद थपेको छ । कार्त्तिक २४ गतेसम्म रहेको उक्त म्याद थपेर कार्त्तिक ३० गतेसम्म पुर्याएको हो ।
    यससँगै बीमितले सो अवधिभित्र व्यत्तित बीमालेख नवीकरण गराउन सक्ने छन् । र, सो समयभित्र नवीकरण गराउँदै बीमाशुल्क ब्याजमा ३५ प्रतिशत छुट समेत पाइने कम्पनीले जानकारी गराएको छ ।
    कम्पनीले २०७७ कात्तिक १५ गतेदेखि २०७९ कात्तिक १४ गतेसम्मको बीमालेख नवीकरण गराएमा लाग्ने बीमाशुल्क ब्याजमा बीमितलाई ३५ प्रतिशत छुट दिने भएको हो ।
    यससँगै उक्त अवधि अर्थात विगत २ वर्ष यताको व्यतित बीमालेख आगामी कार्त्तिक २४ भित्रमा नवीकरण गराउँदा बीमितले सो मात्राको छुट पाउने छन् । तर दुई वर्षभन्दा बढी समयदेखि निष्क्रिय भएका बीमालेखमा भने यो छुट लागू नहुने कम्पनीले स्पष्ट खुलाएको छ ।
    त्यस्तै, बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भए पश्चात एक पटक छुट लिइसकेका बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः छुट नदिइने इन्स्योरेन्सले जानकारी गराएको छ ।

     

    प्रतिकृया दिनुहोस्