News Portal

  • ११:११ अभियानको लागि हिमालयन बैंक र दराजबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७९
    २९१ पटक
    २३ कार्तिक, २०७९

    काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ ।
    उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्  । यो योजना कर्तिक २५ गते दिन लागु हुनेछ ।
    बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
    उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नु पर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्