News Portal

  • सिद्धार्थ बैंकले सुरु गर्यो भिसा रेमिट्यान्स सेवा, विश्वका १८० देशबाट पैसा पठाउन सकिने

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०७९
    ४३० पटक
    २२ कार्तिक, २०७९

    काठमाडौं । सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ ।
    यस नयाँ सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् ।
    स्वदेशी तथा विदेशी ग्राहकहरुले भिसा रेमिट्यान्स सेवामा आवद्ध भएका बैंकहरुको मोबाइल/इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन् ।
    यसरी भिसा रेमिट्यान्स सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सकिनेछ । यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको जनाएकाे छ ।
    बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्