News Portal

  • आरम्भ चौतारी, सिवाईसी नेपाल र शालीग्राम तीनवटा लघुवित्तको मर्जर सहमति

    आर्थीकसंसार संवाददाता९ असोज, २०७७, शुक्रबार
    १५४५ पटक
    ९ असोज, २०७७, शुक्रबार

    काठमाडौं । तीन वटा लघुवित्तीय संस्थाहरु आरम्भ चौतारी, सिवाईसी नेपाल र शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जमा जाने निर्णय गरेका छन् । काभ्रेपलान्चोक केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी, बागलुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल र म्याग्दीमा केन्द्रीय कार्यालय रहेको शालीग्राम लघु वित्त वित्तीयबीच एकआपसमा गाभ्ने/गाभिनेकोे सहमति भएको हो ।
    गाभ्ने/गाभिने सम्बन्धी समझदारीपत्रमा आरम्भ चौतारी लघु वित्तका अध्यक्ष जगतबहादुर पोखरेल, सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्रामका अध्यक्ष कृष्णबहादुर थापाले शुक्रबार बागलुङ बजारमा हस्ताक्षर गरेका छन् ।
    मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एकआपसमा गाभ्न/गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्बन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम त्रिपक्षीय रुपमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
    हाल आरम्भ चौतारी र सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । मर्जरपश्चात एकीकृत संस्थाको चुक्ता पुँजी ३५ करोड २ लाख ६५ हजार रुपैयाँ हुने छ । आरम्भ चौतारीले यस पूर्व नै सर्वसाधारणका लागि आईपीओ निश्काशन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको सर्वसाधारणका लागि छुट्टाएको शेयर रकम एफपिओको माध्यमद्वारा पूरा हुनेछ ।
    वित्तीय संस्थाको संयुक्त कारोवार माघ महिनाभित्र गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । समझदारी पत्रमा हस्ताक्षर समारोहमा बोल्दै सिवाईसीका अध्यक्ष पद्मनाथ शर्माले मर्जरपश्चात संस्थाएक सबल सक्षम एवं लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने धारणा राखेका थिए ।
    आरम्भ चौचारीका अध्यक्ष पोखरेलले एकीकृत संस्थालाई देशकै नमुना संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अवसरमा सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थालाई नीतिविधि र प्रविधिको प्राधानताभित्र सञ्चालन गर्नुपर्ने बताए । त्यस्तै शालिग्रामका अध्यक्ष कृष्णवहादुर थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि मर्जर समझदारी कोशेढुङ्गा सावितहुने कुरा विचार राखेका थिए ।

    प्रतिकृया दिनुहोस्