News Portal

  • लुम्बिनी बिकास बैंक लि. र नेशनल प्याब्सन-मधेश प्रदेश समितीबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७९
    ४४५ पटक
    २१ कार्तिक, २०७९

    काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेड र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिबीच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सो सम्झौताअनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरुलाई दुर्घटना बीमा साथै स्वास्थ्य बीमा सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितिको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गर्नुभयो । सो कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरी, नेशनल प्याब्सन मधेश प्रदेश समितीका प्रदेश सचिव जितेन्द्रप्रसाद यादव, सहसचिव के.एस. फिजिसियन, सदस्यहरु मालती कुमाल, विजय यादव, बसन्त ढकाल, चन्दन यादव, पर्सा जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव प्रमोद सहनि, कोषाध्यक्ष राजेश लिम्बु, सोना लाल पटेल, उत्तम गुप्तालगायत अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।
    लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तीन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रियामा रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्