News Portal

  • एलआइसी नेपालद्धारा अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७९
    २१० पटक
    १८ कार्तिक, २०७९

    काठमाडौं । एलआइसी नेपालले अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको पोखरा शाखाका सिनियर एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले आयोजना गरेको कार्यक्रममा अभिकर्ताहरुलाई तालिम दिनुका साथै सम्मान समेत गरिएको थियो ।
    उक्त कार्यक्रम सिरुबारी होमस्टेमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा३० जना अभिकर्ता, शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले आफ्नो टिममा रहेका अभिकर्ताहरुलाई तालिम दिनुका साथै उत्कृष्ट विजनेस गर्ने अभिकर्तालाई सम्मान गरेको जनाएको छ ।
    कार्यक्रममा प्रमुख अतिथीको रुपमा गण्डकी प्रदेश प्रमुख श्रीखण्ड श्रेष्ठ, विशिष्ट अतिथी लेखनाथ शाखा प्रमुख सुरज भट्ट र पोखरा शाखा प्रमुख सन्दिप खनाल रहेका थिए ।

    प्रतिकृया दिनुहोस्