News Portal

  • स्ट्याण्डर्ड चार्टर्डकाे वित्तिय र ट्रेजरी बजार प्रमुखमा सर्वेन्द्र मिश्र नियुक्त

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७९
    २९९ पटक
    १८ कार्तिक, २०७९

    काठमाडौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सर्वेन्द्र मिश्रलाई वित्तिय बजार र ट्रेजरी बजार प्रमुख नियुक्त गरेको छ । मिश्रसँग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रही काम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ ।
    स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आवद्ध हुनु अघि मिश्र सनराइज बैंकमा ग्रुप ट्रेजरी, हेड अफ ट्रेजरी एण्ड ग्लोबल मार्केटस्को कोषाध्यक्ष थिए भने संचालक पदमा पनि काम गरिसकेका छन् ।
    साथै उनी नेपाल विदेशी विनिमय तथा मुद्रा बजार व्यापारी संघको पूर्व अध्यक्ष रहीसकेका छन् र हाल एशोसिएसन फर फाइनान्स प्रोफेसनलमा क्रियाशिल सदस्य छन् ।

     

    प्रतिकृया दिनुहोस्