News Portal

  • नेपाल एसबिआई बैंकका ग्राहकलाई दराजमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७९
    २१४ पटक
    १८ कार्तिक, २०७९

    काठमाडाैं । नेपाल एसबिआई बैंक र अनलाइन सपिङ पाेर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
    उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम र दराजको तर्फबाट विधुतीय भुक्तानी तथा साझेदार विभागका प्रम’ख श्री अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
    यस सम्झाैता अनुसार नेपाल एसबिआई बैंकका डेबिट कार्ड प्रयोगर्कताहरुले दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा २५ सयसम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वा ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंककाे अनुसार यो योजना कात्तिक २५ गतेदेखि लागू हुनेछ ।

     

    प्रतिकृया दिनुहोस्