News Portal

  • एनसीसी र दराजबीच सम्झौता, बैंकको कार्ड प्रयोग गर्दा ३ हजारसम्म छुट पाइने

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७९
    २१६ पटक
    १८ कार्तिक, २०७९

    काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । एनसीसी बैंकका ग्राहकहरुले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
    सम्झौता अनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा २५ सयसम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वा ३ हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ ।
    बैंककाे अनुसार यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुनेछ ।
    देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्