काठमाडौं । फोर्स मोटर्सले गाडीका खरिदहर्तालाई लक्षित गर्दै ‘दशैं आशीर्वाद’ अफर सुरु गरेको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं र तिहारको अवसरमा दशैं आशीर्वाद उपहार योजना सार्वजनिक गरेको जनाएको छ । बिगत ७ बर्ष देखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडिहरुको विक्रि वितरण गर्दै आईरहेको छ । फोर्सले सार्वजनिक गरेका तीन अफरमध्ये कुनै एक अफर मात्र लागू हुने बताइएको छ ।
अफरअन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमताको ट्राक्स क्रुजर जीपको खरिदमा ‘९ महिनासम्म किस्ता व्याज तिर्न नपर्ने, ९ लाख रुपैयाँको डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने अथवा स्क्राच कुपनमार्फत २ लाखदेखि १० लाख रुपैंयासम्म छुट पक्का’मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।
त्यस्तै, ट्राक्स कार्गाेकिङ पिक अपको खरिदमा ‘८ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपनमार्फत १ देखि ५ लाख सम्म छुट पक्का’ मध्ये कुनै एक अफर रोजी रोजी गाडी किन्न सकिने जनाएको छ ।
त्यसैगरी २६ सीट क्षमताको ‘ट्राभलर टी २’ मिनीबसको खरिदमा ‘७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपनमार्फत २ देखि ६ लाख सम्म छुट पक्का’ मध्ये कुनै एक अफर रोजी रोजी गाडी किन्न सकिने छ ।
फोर्स मोटर्सको ‘दशैं आशीर्वाद’ उपहार योजना सुरु
आर्थीकसंसार संवाददाता१० असोज, २०७७, शनिबार
१० असोज, २०७७, शनिबार- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने