News Portal

  • एनएलजी इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडिबुटी अभिकर्ता तालिम संचालन गर्ने

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७९
    ३६९ पटक
    १७ कार्तिक, २०७९

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम कार्तिक २३ गतेबाट संचालन गर्ने जनाएको छ । कम्पनीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिका लागि यस तालिम संचालन गर्न लागेको कम्पनीले जनाएको छ । तालिम लिन इच्छुकले कार्तिक २१ गतेभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।
    बीमा अभिकर्ताका लागि न्युनतम एसएलसी र जेटिए उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुकले शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो ४ प्रति फोटो, स्थायी लेखा नम्बर आवश्यक पर्ने जनाएको छ ।
    तालिम कार्तिक २३ गतेदेखि २५ गतेसम्म संचालन हुनेछ । तालिम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । तालिम बर्दिया उप शाखा कार्यालयमा हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्