News Portal

  • नेशनल लाइफ इन्स्योरेन्सले मंसिर १८ गतेको लागि बोलायो साधारणसभा

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७९
    ४२५ पटक
    १७ कार्तिक, २०७९

    काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीले मंसिर १८ गते ३४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १८ गते विहान साढे १० बजे केन्द्रिय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो ।
    कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । त्यसकारण मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।
    सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छफल गरि पारिने गर्ने प्रस्ताव रहेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।
    कम्पनीले गत भदौ २७ गते आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ । यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो । कम्पनीले कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय कायम गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन कम्पनीले ३५ करोड ९५ लाख रुपैयाँ आवस्यक पर्नेछ ।

    प्रतिकृया दिनुहोस्