News Portal

  • कात्तिक २५ गतेदेखि कामना सेवाका ग्राहकलाई दराजमा ३ हजारसम्मको छुट

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७९
    ३२० पटक
    १७ कार्तिक, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंक र दराज केयमुबीच सम्झाैता भएकाे छ । बैंक र दराजबीच बैंकका ग्राहकलाई दराजकाे ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको  हाे ।
    कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
    उक्त छुट प्राप्त गर्नको लागि ग्राहकमहानुभवहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।
    दराजको ११.११ छुट योजना कार्तिक २५ गतेदेखि लागू हुने बैंकले जनाएक छ ।

     

    प्रतिकृया दिनुहोस्