News Portal

  • सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा बाँकेको खजुरामा

    आर्थीकसंसार संवाददाता९ असोज, शुक्रबार २०७७
    १२२४ पटक
    ९ असोज, शुक्रबार २०७७

    काठमाडौं । सन्राइज बैंककोे ५० औं शाखारहित बैंकिङ्ग सेवा बाँकेको खजुरामा सुरुआत गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा खजुरा–२ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा सो शाखारहित उद्घाटन भएको थियो ।
    सोही समारोहमा प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्रीमती सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मण्डल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्