News Portal

  • धन्तेरसको अवसरमा भाइबुहारीलाई बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०७९
    ३९ पटक
    ११ कार्तिक, २०७९

    काठमाडौं । सिद्धार्थनगर नगरपालिका वडा नं ६ रुपन्देहीका ओमप्रकाश कान्दुले धन्तेरसको अवसरमा भाइबुहारीलाई बीमा पोलिसी उपहार दिएका छन् ।
    उनले बुहारी कन्चन लता गुप्ताको नाममा १० लाख रुपैयाँ बीमा पोलिसी खरिद गरेका हुन् । आफ्नोभन्दा परिवारको खुशीमा रमाउने मान्छे भएकोले भाइ र बुहारीलाई बीमा पोलिसी उपहार दिएको बताए । यसले परिवारमा थप माया ममता बढ्ने उनको विश्वास छ ।
    उनले सिटिजन लाइफ इन्स्योरेन्सको भैरहवा शाखाबाट उक्त पोलिसी खरिद गरेका हुन् । एजेन्सी म्यानेजर ज्योतिलाल पौडेल र उनकी श्रीमती अन्जु पौडेलले बीमाको महत्वको र यसको आवश्यकताको बारेमा जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस्