News Portal

  • महालक्ष्मी बैंकको नयाँ शाखा सिराहाको गोलबजारमा सञ्चालन

    आर्थीकसंसार संवाददाता९ असोज, २०७७
    ५२८ पटक
    ९ असोज, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिराहा जिल्लाको गोलबजारमा नयाँ शाखा कार्यालय स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले गोलबजार नगरपालिका–४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो ।
    उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ । बैंकले १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको कुरा बैंकले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्