News Portal

  • आइएमई लाइफका एजेन्सी म्यानेजर श्रेष्ठ र गुरुङको भाइटिकामा दिदीबहिनीलाई बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०७९
    २५१ पटक
    ११ कार्तिक, २०७९

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका एमडीआरटी एवम चिफ एजेन्सी म्यानेजर नगेन्द्र श्रेष्ठले भाइटिकामा बीमा पोलिसी उपहार दिएका छन् । साथै एजेन्सी म्यानेजर कमल गुरुङले पनि आफ्नी दिदीलाई टिकाको दक्षिणाको रुपमा बीमा पोलिसी उपहार दिएका हुन् ।
    श्रेष्ठले आफ्नो दिदी बहिनीका लागि सर जीवन बीमा पोलिसी खरिद गरेका हुन् । दुई दिदी बहिनीका लागि १०/१० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएको श्रेष्ठले बताए । उनी पेशाले आयुर्वेदिक चिकित्सक भएपनि विगत ३ वर्षदेखि उक्त पेशा छोडेर सक्रिय अभिकर्ताको रुपमा सक्रिय रहेका छन् ।
    यसैगरी एजेन्सी म्यानेजर कमल गुरुङले पनि आफनी दिदीको लागि भाइटिकाको उपहारको रुपमा ५ लाख बराबरको बीमा पोलिसी प्रदान गरेका छन् ।

    प्रतिकृया दिनुहोस्