News Portal

  • एनसीसी बैंकको नाफा सामान्य अंकले घट्यो

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०७९
    १९ पटक
    ७ कार्तिक, २०७९

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ०।२४ प्रतिशतले घटेको छ । खुद नाफा ०.२४ प्रतिशतले घट्दा बैंकले ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८० लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २०.३१ प्रतिशत बढेर १ अर्ब १२ करोड ७० लाख ३१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशत बढेर १ अर्ब ३७ करोड ६१ लख ८१ हजार रुपैयाँ, नेट फि कमिसन आम्दानी ९.९३ प्रतिशत घटेर १७ करोड ६० लाख ३४ हजार रुपैयाँ र सञ्चालन मुनाफा ०.२६ प्रतिशत घटेर ७१ करोड ८५ लाख ४९ हजार रुपैयाँ भएकाे छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ ।
    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड रुपैयाँ, जगेडा कोष ९.४० प्रतिशत बढेर ५ अबए ४५ करोड रुपैयाँ, निक्षेप ५.६१ प्रतिशत घटेर १ खर्ब २७ अर्ब २ करोड रुपैयाँ र कर्जा ६.१९ प्रतिशत घटेर १ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा एनसीसीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर १८ रुपैयाँ ५६ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात ९.९१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४८.९४ रुपैयाँ रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्