News Portal

  • एभरेष्ट बैंकको नाफा र ईपीएस बढ्यो, वितरण योग्य मुनाफा साढे ४ अर्ब बढी

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०७९
    ३५३ पटक
    ७ कार्तिक, २०७९

    काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४८.९५ प्रतिशत बढेको छ । खुद नाफा ४८.९५ प्रतिशतले बढ्दा बैंकले ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    चालु आर्थिक वर्षको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत बढेर १ अर्ब ८८ करोड ६४ लाख ५४ हजार रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९ करोड १९ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २६.५४ प्रतिशत बढेर २६ करोड १८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३२ प्रतिशत बढेर २ अर्ब १९ करोड रुपैयाँ र सञ्चालन मुनाफा ४८.८९ प्रतिशत बढेर १ अर्ब २३ करोड १८ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड ६८ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
    समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ, जगेडा कोष ५.४५ प्रतिशत बढेर १३ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ, निक्षेप ०.६४ प्रतिशत बढेर १ खर्ब ७३ अर्ब ८४ करोड रुपैयाँ र कर्जा १.७२ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
    यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३९ पैसा बढेर ३६ रुपैयाँ ४३ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १३.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४७.३२ रुपैयाँ रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्