News Portal

  • सिद्धार्थ बैंकको कार्डबाट भुक्तानी गर्दा ४०० रुपैयाँ क्यासब्याक पाइने

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७९
    ३२३ पटक
    ४ कार्तिक, २०७९

    काठमाडौं । सिद्धार्थ बैंकले तिहारको अवसरमा ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ ।
    यस योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक ५०० वा सोभन्दा बढि रकमको पिओएस अथवा अनलाइन कारोबार गर्दा ४०० रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् ।
    आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने जनाएकाे छ ।
    बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्ट मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्