News Portal

  • नेपाल टेलिकमले ल्यायो अटम अफर २०७९ सञ्चालनमा

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०७९
    २७४ पटक
    १ कार्तिक, २०७९

    नेपाल टेलिकमले अटम अफर २०७९ (Autumn Offer 2079) सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर (Summer Offer) सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको छ । यही असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ ।
    यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएकोे छ । सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् । अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेका छन् ।
    अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।
    यस अफरबाट ग्राहकहरुले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको नेपाल टेलिकमका नि. प्रमुख व्यवसायिक अधिकृत रीता डंगोलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्