News Portal

  • वायुसेवा निगमले सञ्चयकाेष र नागरिक लगानीलाई रु‍. ७३ कराेड भुक्तानी गर्याे

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०७९
    ५८५ पटक
    १ कार्तिक, २०७९

    काठमाण्डाै‌ । खराब व्यवस्थापनकाे मारबाट गुज्रिरहेकाे सरकारी स्वामित्वकाे हवाई सेवा प्रदायक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चयकाेष र नागरिक लगानी काेषलाई कर्जावापतकाे रकम आ‌ंशिकरूपमा भुक्तानी गरेकाे छ । नेपाल एयरलाइन्सले ऋणकाे किस्तावापतकाे कूल ७३ कराेड ९ लाख ५५ हजार रूपैयाँ भुक्तानी गरिएकाे प्रेस विज्ञप्तीमार्फत् जानकारी दिएकाे छ ।
    न्याराे बडी जहाज खरिद गर्न लिएकाे कर्जाकाे कर्जा र साँवावापत सञ्चयकाेषलाई ५३ कराेड नाै लाख रुपैयाँ र लगानी काेषलाई २० कराेड रुपैयाँ भुक्तानी गरेकाे हाे । वायुसेवा निगमले यसअघि गत असारमा १ अर्ब ३५ कराेड रुपैयाँ भुक्तानी गरिएकाे उल्लेख गरेकाे छ ।
    निगमले हवाई सेवामा नियमितता र यात्रु संख्यामा वृद्धिका कारण आम्दानीमा सुधार भएकाले कर्जा र साँवा भुक्तानी गर्न स‌ंभव भएकाे उल्लेख गरेकाे छ ।

    प्रतिकृया दिनुहोस्