News Portal

  • व्यवसायिक प्रतिनिधिले रकम हिनामिना गरेपछि माछापुच्छ्रे बैंक प्रहरीमा

    आर्थीकसंसार संवाददाता२९ असोज, २०७९
    २७० पटक
    २९ असोज, २०७९

    काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही आफ्नाे सेवाकेन्द्रबाट दुई व्यवसायिक प्रतिनिधिले रकम हिनामिना गरेको भन्दै बैंकले प्रहरीमा निवेदन गरेको छ ।
    बैंकले रुपन्देही, समरीमाई गाउँपालिका रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका मुजहानाका व्यवसायिक प्रतिनिधि निरन्जन पाठक र सिकन्द्र ठाकुरले ग्राहकहरुको रकम हिनामिना गरेको भन्दै प्रहरीमा निवेदन गरेको जनाएको छ ।
    असोज ३० गते एक विज्ञप्ति जारी गर्दै बैंकले रकम दुरुपयोग गर्ने व्यक्तिहरुमाथि आवश्यक कानूनी प्रकृया अगाडि बढाइएकोले सबै पिडितहरुलाई सम्बन्धित प्रहरी कार्यालयमा सहभागी हुन आग्रह गरेको छ ।
    बैंकले रकम हिनामिना भएका सेवाकेन्द्रहरु बन्द भएको उल्लेख गर्दै उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाइममा रकम जम्मा हुने र सिस्टम मार्फत् नै भाौचर (रिसिप्ट) प्रिन्ट भई निक्षेपकर्ताहरुलाई सोही भौचर प्रदान गर्नुपर्नेमा सेवाकेन्द्र सञ्चालकहरुले बैंक भौचरको अनाधिकृत प्रयोग गरेको जनाएको छ ।
    अनुगमन गर्ने क्रममा सेवाकेन्द्र सञ्चालकहरुले निक्षेपकर्ताहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकमा रकम नै जम्मा नगर्ने काम गरेको बैंकले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्