News Portal

  • आईएमई लाइफ छिट्टै आइपीओ जारी गर्दै

    आर्थीकसंसार संवाददाता२६ असोज, २०७९
    २५५ पटक
    २६ असोज, २०७९

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले पूँजी बढाएर सर्वसाधरणको लागि सेयर जारी गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको सेयर पूँजी थप गर्ने निर्णय गरेको हो ।
    सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान/आर्थिक सहायताको अनुमोदन समेत गरेको छ ।
    कम्पनीले सातै प्रदेशमा शाखा संन्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरु मार्फत सेवा उपलब्ध गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्